जय आले, कुवेत
नेपाल तामाङ घेदुङ कुवेतले “सोनाम ल्होछार मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष)” १३ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतमा एक भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ।
नेपालबाट चर्चित कलाकारहरू आसमान लोप्चन, लक्ष्मी स्याङ्तान तामाङ र रिजन थिङ लामा अतिथि कलाकारको रूपमा प्रस्तुत हुने सोनाम ल्होछार कार्यक्रममा स्थानीय कलाकारहरूको समेत जोडदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
सोनाम ल्होछार रमाइलो र मनोरञ्जनका लागि मात्र नभई तामाङ जातिको भाषा, भेषभूषा, संस्कार तथा संस्कृतिको संरक्षण र जगेर्ना गर्दै ती मौलिक पहिचानहरू भावी पुस्तामा हस्तान्तरण गर्ने अभियानको रूपमा समेत मनाइँदै आएको बताइएको छ। साथै, पछिल्ला समयमा विभिन्न पश्चिमा संस्कृतिको अनावश्यक मिश्रण गर्दै ल्होछारलाई भड्किलो बनाउने प्रयासहरूलाई चिर्दै र पन्छाउँदै, विशुद्ध तामाङ जातिको सचेतनात्मक, शैक्षिक, राजनीतिक तथा सामाजिक विकासका लागि पनि सोनाम ल्होछारलाई एक सशक्त अभियानको रूपमा मनाउँदै आएको मानिन्छ।
कार्यक्रम सम्बन्धी बिवरण:-
मिति : १३ फेब्रुअरी २०२६, शुक्रबार
समय : बिहान ११ बजे (उप्रान्त)
स्थान : अस्पायर इन्डियन ईन्टरनेशनल स्कुल जिलिव, कुवेत



