7.1 C
Kathmandu
Thursday, January 29, 2026
spot_img

युक्रेनका राष्ट्रपतिको चेतावनी- रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ

Zelenskyy-President-of-Ukraine७ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् । रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् ।

यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् ।
उनले यदि युक्रेन नेटोको सदस्य भएको भए यो युद्ध नै हुँदैनथ्यो भनेका छन् । रुस भने युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पक्षमा छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles