जय आले, कुवेत
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको २३ जनवरी २०२६ मा सम्पन्न पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बसन्त राना, उपाध्यक्ष गणेश चन्द र चेतराज गिरी, महिला उपाध्यक्ष अस्मिता कुवर, कोषाध्यक्ष देवराज भट्ट, सह–कोषाध्यक्ष मदन ठगुन्ना, महासचिव रतनराज गिरी, सचिव नरेश भण्डारी र सह–सचिव मानबहादुर साऊद चयन भएका छन्। साथै, सदस्य समिति लगायत विभिन्न संयोजक तथा उपसमितिहरु पनि गठन गरिएको छ।
संरक्षकमा विकास सिंह ठकुरी, निरूमाया खड्का र गगन सिंह बिष्ट तथा वरिष्ठ सल्लाहकारमा पुष्कर धामी र सल्लाहकारमा महेश चन्द्र जोशी, हरि सिंह धामी, राज सिंह भण्डारी, जग खत्री र बद्री न्यौपाने चयन भएका छन्।
२३ जनवरी २०२६ मा खैतानस्थित राजधानी होटलमा सम्पन्न अधिवेशन निवर्तमान अध्यक्ष गगन सिंह बिष्टको सभापतित्व तथा नेपाली राजदूत महामहिम घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए कुवेत, पत्रकार महासंघ कुवेत, आदिवासी जनजाती महासंघ कुवेत, राजनीति दलका भातृ संगठन, नेपाली संघ संस्था, समाजसेवी, वुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायत उल्लेख्य रुप्मा नेपालीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमलाई थप रोचक बनाउन आयोजकबाट देउडा र छलिया जस्ता पश्चिम नेपालतिर अन्त्यन्तै प्रचलित साँस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो।
सन २०१७ मा स्थापना भएको समाजले कुवेतमा रहेका नेपालीहरूबीच एकता कायम गर्दै सामाजिक तथा मानवीय सेवामा योगदान गर्दै आएको छ।



