कास्की आदर्श सेवा समाज युएईको व्यवस्थापन र अन्तर्गत रहेको फुटबल टिम कास्की XI ले भोलि शुक्रबार तदानुसार मार्च ६, २०२० शुक्रबारका दिन युएई स्थित दुबईको अलकुज, दुबईमा आयोजना गर्ने भनिएको “9A side समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित गरेको छ।
संसार भर फैलदै गरेको महामारी भाईरसका कारणले वर्तमान परिवेशमा युएईको सरकारी निकायले जारी गरेको सुचनाका आधारमा प्रतियोगिता संचालनको अवस्था अनुकुल नहुँदा सम्म तत्कालका लागि संचालन गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सबै सहभागी टिमहरू लाई पत्राचार गर्दै अतिथिगणहरु एवं फुटबल खेलप्रेमि समस्त नेपालीहरुमा जानकारी गराउदै स्थागित गरेको छ।
यसबाट पर्न जाने असुविधा प्रति आयोजक कमिटी क्षमा याचना प्रकट गर्दै सुचना प्रकाशित गरि आयोजक कमिटी समृद्धि कास्की कप फुटबल प्रतियोगिता एवं कास्की आदर्श सेवा समाज तथा कास्की XI फुटबल टिम परिवार युएईले स्थागित गरेको जानकारी गराएको छ।