नेपाल आदिवासी जनजाती महासंघ कुवेतले आगामी १५ अगष्टमा पाँचौँ अधिवेशन गर्दै

कुवेत – नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको पाँचौँ ऐतिहासिक अधिवेशन तथा ३१ औं विश्व आदिवासी दिवस यही आउदो आगामी १५ अगष्ट २०२५ शुक्रबार को दिन गर्ने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ ।

कुवेतमा कृयाशिल जातीय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखामा आबद्ध सस्थाहरु तमू समाज कुबेत,नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ शाखाकुवेत, किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ, कुबेत, तमू प्ये ल्हु संघ शाखा कुवेत, सुनुवार सेवा समाज शाखा-कुवेत र नेवा:गूठी कुवेत छन

उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी, र कुबेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनिहरु लाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आयोजकले अनुरोध गरेका छन ।

कार्यक्रमको बिवरण

कार्यक्रम: पाँचौँ ऐतिहासिक अधिवेशन तथा ३१ औं विश्व आदिवासी दिवस

मिति: अगस्ट १५ तारिक २०२५ शुक्रबार

समय: दिनको १:०० बजे देखी

स्थान : राजधानी प्यालेस होटल, खैतान

आयोजक: आदिवासी जनजाति महासंघ कुवेत

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles