कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने भएको छ । मुख्यत : युवा तन्नेरीहरूले फेब्रुवरी दोस्रो साताभरी मनाउँने...
कोलम्बो – श्रीलंकाका मेलमिलाप मन्त्री विनायसमूर्ती मुरलीथरनले भर्खरैको युद्धप्रभावित तमिलबहुल क्षेत्रमा विस्थापितहरु घर फर्केपछि चुनाव गरिने बताएका छन् । कर्णेल करुणाका नामले चिनिने पूर्वविद्रोही...
मधेसवादी दलहरुलाई लिखित प्रतिवद्धता दिइसकेको अवस्थामा १८ दलले पनि हुन्छ भनिसकेको अवस्थामा अब माधवकुमार नेपाल भावी प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै भइसकेको छ। माथिको फोटो त्यही मंगलबार भएको १८ दलको बैठकको हो। माओवादीले राष्ट्रपतिको कदम नसच्चिएसम्म सदनै चल्न दिन्न, सरकारै बन्न दिन्नँ भनिरहेको बेला कुन बाटोबाट नयाँ सरकार गठन हुन्छ, कस्ता कस्ता कानुनी खेल हुन्छन्, त्यो हेर्न बाँकी छ। तर भारतले दिएको समर्थन हेर्दा लाग्छ, अब यो सरकार बन्न कसैले रोक्न सक्दैन। बरु अनुमान लगाउनुस्, कति सदस्यको मन्त्रिमण्डल बन्ला। अनि को को नेता कुन कुन मन्त्री बन्लान् ?
माइसंसारमा पहिले ZZ नामका एक जना पात्र थिए। संविधान सभा हुँदै हुन्न भनी बाजी लगाउन चुनौति दिएका थिए। तर कसैले बाजी ठोक्ने आँट गर्न सकेनन्। अब अहिले भने बाजी ठोक्ने हैन, अनुमान लगाउने काम गरौँ। ठ्याक्क मिले यही पुरस्कार दिउँला भनी त कसरी आश्वासन दिनु र। दुई ठाउँबाट जित्नेले केही गर्न नसकेर दुई ठाउँबाट हार्ने प्रधानमन्त्री बन्दैछन्। मुलुकका लागि त्यही ठूलो उपहार ठान्नुस्। फोटो सौजन्यः निरज सापकोटा/रासस