26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

Inas kuwait ले आगामी २४ जनवारी अतिथी कलाकार को साथमा बार्सिक उत्सब तथा सांगीतिक धमका गर्दै।

- Advertisement -

नोवेम्बर २४ कुबेत, “मौलिक कला र संस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका गर्ने भएको छ।

गत नोवेम्बर २२ तारिक शुक्रबार दिन डोलराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर समाजका संरक्षक, सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन अतिथि कलाकारको साथमा सांगीतिक धमका गर्ने निर्णय गरेको ईनास कुवेतको अध्यक्षय डोलराज न्यौपानेले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।

- Advertisement -

कुवेत नगरीमा रहेर inas kuwait ले धेरै राम्रा काम गर्दै आयको सबै लाई थाहा नै छ। गतसाल हरुमा गायन प्रतियोगिता, Dancing star .singing star.गरि कलाकारहरु लाई बिजेता बनाई टोफि प्रमाणपत्र नगत पुरुस्कार हरु बितरण गरेको थियो 2019 जनबरिमा अतिथी कलाकार खुमन अधिकारि ल्यायर धमका गरेको कुवैत बासि नेपालिलाई थाहा नै छ। Inas kuwait ले जनवारी ३ गर्ने भनिएको कार्यक्रम जुद्न्न गएको मा Inas kuwait धेरै पछी गर्नु परेको पनि अध्यक्ष डोलराज न्यौपानेले बताएका छन।

उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले विनम्र अनुरोध गरेका छन् साथै कुन नेपाल बाट अतिथि कलाकारको ल्याउने भन्ने बारेमा टुंगो लागिनसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष डोलराज न्यौपानेले बताएका छन।

कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवारी २०२० शुक्रबार
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles