NRNA द्वारा आयोजित आगामी हप्ता हुने भलिबल प्रतियोगितामा स्वास्थ्य चेकजाँचको सुविधा पनि।

Date:

Share post:

nrnaकुवेत। गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ। कल्याणकारी युवा समाज, नेपाल टिम, नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज कुवेत, मोना कुवेत टिम, नबराज पराजुली भलिबल क्लव र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने NRNA खेलकुद प्रमुख नबराज पराजुलिले जानकारिदिएका छन। कुवेतमा पछिल्लो समय बढेको कोरोना महामारिलाइ ध्यानमा राख्दै खेलाडी र दर्शकहरुको स्वास्थ्यको मध्यनजर गर्दै र केही दिनदेखी व्हत्तै बढेको चिसोको कारण धेरै दर्शक तथा खेलासिहरु अस्वास्थ्य हुने भएकोले यी सबै कुरालाई ध्यानमा राखी मेडिकल टिमको व्यवस्था गरेको NRNA अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन। उनले थप्दै “NRNA कुवेतको इतिहासमा यो पहिलो पटक भलिबल प्रतियोगिता गरिरहेको र यसलाइ स्ट्यान्डर्ड मेन्टेइन गर्न पनि हामिले इन्डोर खेल खेलाइरहेका छौँ। साथमा खेलाडिहरुको लागि इमेर्जेन्सी मेडिकल टिम समेत तैनाथ गरेका छौँ। जसले कुनै खेलाडी लडेर चोटपटक लागेमा वा खेल मैदानभित्र कुनै कारणबस खेलाडिलाइ स्वास्थ्य समस्या आएमा स्ट्रेचर र फर्स्ट एड बक्स सहितको मेडिकल टिम त्यहाँ पुग्नेछन।” खासमा ओमिक्रोनको डरलाग्दो खबरहरु विभिन्न सामाजिक सञ्जाल तथा संचार माध्यममा सुनिरहेकोले सबै दर्शक र खेलाडिहरुको स्वास्थ्यमा पनि उत्तिकै संवेदनशील बन्नुपर्छ भन्ने उदेश्यले उक्त भलिबल प्रतियोगितामा मेडिकल टिम तयार गरिएको कुरा NRNA महासचिव दिल पाख्रीन संगको कुराकानिमा बताएका छन। उक्त कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले बिपि, सुगर, प्रेसर, तापक्रम, लगाएतको सामन्य चेक जाँछ गरेर आवस्यक परेकाहरुलाइ साइरप, फ्लूडेक्स, पनाडोल लगाएतका औसधि समेत निशुल्क वितरण हुने महासचिव पाख्रीनले बताएका छन। साथै सो चेकजाँचमा सामन्य भन्दा गम्भीर चेक जाँच गर्नुपर्ने भएमा डाक्टरले रिफर गरि हस्पिटल पठाइनेछ। प्रतियोगितामा पहिलो र दोस्रो पुरस्कार क्रमशः २०१/- केडि, १२५/- केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र मात्र राखिएको थियो। तर पुनः छलफल गरि तृतीय हुनेलाइ ५१ केडि नगद, ट्र्फि, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ। त्यस्तै बेस्ट प्लयेरलाइ र बेस्ट स्पाइकरलाइ क्रमशः नगद २५ केडि सहित ट्रफी प्रदान गरिनेछ। कार्यक्रममा मनोरञ्जनका लागि भलिबल प्रती रुचि भएका तर खेल नखेलेका कुवेतको नेपाली समाजमा चिर परिचित ब्याक्तित्वहरु विच एक “शो म्याच” पनि रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...