NRNA/NCC कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता, आगामी शुक्रबार टिम दर्ता हुने

Date:

Share post:

कुबेत नेपालडटकम / फेब्रुअरी ११ , कुवेत।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार गर्ने भएको छ । टिम दर्ता र टाइसिट तयार गर्ने कार्य माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको खेल मैदान सुकसभा फुटबल ग्राउण्ड फाहाहिलमा हुने एनआरएनका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले परदेशी खबर डटकमलाई बताएका छन्। एनआरएनले कुवेतको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसर पारेर यहि २५ फेब्रुअरी २०२० को दिन नेपाली टिमहरूबिच भलिवल प्रतियोगिता गराउन लागेको हो।

टिम दर्ताको लागि २१ केडि शुल्क राखेको एनआरएनले टिम दर्ताको लागि आगामी १४ तारिक शुक्रबार दिउँसो ११ बजेदेखि बेलुकी ५ बजे सम्मको समय तोकेको छ भने भने टाइसिट फेब्रुअरी २१ तारिक शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गरिने जनाएको छ ।भलिबल खेलको अन्तर्राष्ट्रिय नीति नियम, मान्यता र अभ्यासलाइ आत्मसात गर्दै एनआरएन कप अन्तर नेपाली भलिबल प्रतियोगिता गराउन लागिएकोले यस पटकको भलिबल प्रतियोगिता यस अघिका प्रतियोगिताहरू भन्दा स्तरीय र भिन्न हुने कुरा एनआरएनए कुवेतका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले कुबेत नेपालडटकम लाई बताएका छन्।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएको एनआरएनएले भलिबल खेललाइ अनुशासित, मर्यादित, स्तरीय र प्रतिस्पर्धी बनाइ आपसी भाइचाराको सम्बन्ध बढाउने माध्यमको रूपमा विकसित गर्नको लागि खेलकुद सम्बन्धि नियमहरू समेत प्रकाशित गरेको छ। भलिबल खेल सम्बन्धि नियमहरू यस प्रकार रहेका छन् ।

१. भलिबल खेलको टिम दर्ता गर्दा सम्पुर्ण खेलाडी तथा टिम म्यानेजरको नाम लिष्ट पेश गर्नु पर्नेछ भने टिम क्यप्टेनको सिभिल आइडी कपी अनिबार्य रूपमा पेश गर्नु पर्नेछ।
२. खेलकुदको टिममा नेपाली बाहेक अन्य राष्ट्रको खेलाडीलाइ समावेश गर्न पाइने छैन।
३. एउटा टिम भित्र खेलाडी ६ जना, अतिरिक्त खेलाडी ३ जना तथा टिम म्यानेजर गरि जम्मा १० जनाको टिम हुनेछ।
४. भलिबल खेल्ने एक टिमका खेलाडीहरूले एकै किसिमको ड्रेस प्रयोग गर्नु पर्नेछ।
५. खेलाडीहरूले स्वास्थ्यको कारण खेल खेल्न नसकने वा अन्य समस्या भएमा खेल शुरू हुनुभन्दा आधा घण्टा अगाडी जानकारी दिनु पर्नेछ।
६. खेल खेलाउँदा आयोजक कमिटिको निर्णय अनुसार खेलाइनेछ। कुनै किसिमको विवाद सिर्जना भएमा एम्पायर र आयोजक कमिटीको निर्णय सर्वमान्य हुनेछ।
७. खेल खेलाउने एम्पायर र लाइन्सम्यान आयोजक कमिटीले छनाेट गरि राख्नेछ।
८. खेलमा खेलाडीले प्रदर्शन गरेको खेल, अनुसाशन आदि हेरेर मुल्यांकन गरि सोही अनुसार उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरिनेछ।
९. खेल मैदानमा कुवेतको कानुनले प्रतिबन्धित गरेको कुनै पनि चिज लैजान सख्त मनाही छ।
१०. भलिबल खेल प्रतियोगिताकाे दाैरान कुनै पनि अनुसाशन विपरितका कृयाकलाप वा गतिविधि गरेको पाइएमा वा आयोजकलाइ नै चुनाैति दिने गरि विवाद सिर्जना गरे गराएमा कुवेतको कानुन अनुसार सम्बन्धित निकायमा पेश गरिनेछ।
स्मरण रहोस, एनआरएनए कुवेतले भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिता सम्बन्धि विवरणः
स्थानः गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफ कुवेत।
मितिः २५ फेब्रुअरी २०२० मंगलबार।
समयः बिहान ७ बजे देखि।

विस्तृत जानकारीको लागि सम्पर्क:

१. सुजन केसि (अध्यक्ष) – ९८७२१११२
२. हरि लावती (बरिष्ट उपाध्यक्ष) – ९७२७८३७९
३. दिल पाख्रीन (महासचिव) – ९७५५७३१३
४. नवराज पराजुली (युवा संयोजक) – ५०६१६८९५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...