23.1 C
Kathmandu
Tuesday, July 15, 2025
spot_img

लेटाङ झडप प्रकरण : सोमबार बिहानैदेखि कर्फ्यू

किशोर बुढाथोकी
schoolvid_20220320162912विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा कर्फ्यू आदेश जारी गरेको छ। मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा आइतबार झडपले उग्ररुप लिएपछि मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्म प्रशासनले कर्फ्यू लगाएको हो । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा बिहानैबाट कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार लेटाङको वडा नं. ३, वडा नं.४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको वडा नम्बर ६ को कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको छ।

लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो। पौडेलले आइतबार एक विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षक र भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरीलाई आक्रोशित भीडले आक्रमण गर्दा उक्त घटना भएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए।

‘आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि प्रहरीसँग झडप भएको रहेछ,’ उनले भने। प्रहरी श्रेष्ठको घाँटीमा भीडले छुरा प्रहार गरेको राईले बताए। छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए। मृतकको शव कोसी अस्पतालमा राखिएको छ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई भने प्रहरी नियन्त्रणमा लिएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको थियो। घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले प्रहरीमाथि भीडले ढुंगामुडा र घरेलु हतियारसमेत प्रहार भएको बताए। जिसीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार भएको र स्थितिलाई नियन्त्रणमा लिन हवाइफायर भएको बताए।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles