9.1 C
Kathmandu
Tuesday, December 9, 2025
spot_img

संखुवासभा समाज कुवेतले प्रथम वार्षिक उत्सव मनाउँदै

“अनेकतामा एकता संखुवासभा जिल्लाको चौतर्फी विकाशमा हाम्रो सहभागीता” भन्ने मुल नारा बोकेर २६ अप्रिल २०२४ मा स्थापना भएको संस्था संखुवासभा समाज कुवेतले आफनो प्रथम वार्षिक उत्सव अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन मनाउने भएको छ।

संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सखुवासभालीहरुको एकता, दु:ख, सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने हेतुले २६ अप्रिल २०२४ मा गठन गरिएको संस्थाले आगामी १५ अगष्ट २०२५ शुक्र्बारको दिन आफनो प्रथम वार्षिक उत्सव मनाउने अध्यक्ष बिजय लामाले जानकारी दिएका छन।

स्थापान कालदेखी कुवेतमा रहेका बिभिन्न क्रियाशील नेपाली संघसंस्था सँग हातेमालो र सहकार्य गर्दै आएको छ। भने कुवेतको नेपाली समाजमा फुटबल खेलमा पनि समाज निकै सकृया रहेको र खेलमा सभागिता जनाउदै आएकोछ।

कार्यक्रमको विवरण:-
मिति: १५ अगष्ट २०२५ शुक्र्बार
समय: दिनको ठीक १ बजे देखी
स्थान : द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहल
आयोजक : संखुवासभा समाज कुवेत

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles