नुवाकोट धादिङ रसुवा, अलमुजैनी दोश्रो फुटवल टुर्नामेन्टमा १३ टिमहरु सहभागी

जय आले, ०९ नोभेम्बर २०२५, कुवेत

कुवेतमा आगामी १४ नोभेम्बर २०२५ मा लाग्ने फुटबलको कुम्भ मेलामा १३ सशक्त नेपाली तथा भुटानी टिमहरु सहभागी भएका छन।

“आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण गर्ने हाम्रो लक्ष्य” भन्ने मुल नारा बोकेर सन २०१७ मा कुवेतको नेपाली समाजमा स्थापना भएको संस्था नुवाकोट धादिङ रसुवा समाज, कुवेतले यस फुटबल कुम्भ मेलाको आयोजना गर्न गई रहेको हो। समाजले यसभन्दा पहिला सन २०२२ मा पहिलो चरणको फुटबल टुर्नामेण्टको आयोजना गरिसकेको छ।

कुवेतको बहुप्रतिष्ठित एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्ज कुवेतले मुख्य प्रायोजन गरेको यस टुर्नामेन्टको गत ०७ नोभेम्बर २०२५ शुक्रबारका दिन आयोजकले महबुल्लास्थित फुटबल मैदानको प्राङगणमा टिम दर्ता र गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको हो।

टाईसिटका अनुसार सहभागी टिमहरुमा;  पोल (ए)बाट धनकुटा समाज कुवेत, सरोकार समाज कुवेत, फर्वानिया एफसी कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत, पुर्वेली टाईगर एफसी कुवेत र संखुवासभा समाज कुवेत रहेका छन भने पोल (बि)बाट सिजिसी ग्रुप कुवेत, याक अट्याक एफसी भुटान, गोर्स्याङ एफसी कुवेत, मंगाफ एफसी कुवेत, नुवाकोट धादिङ रसुवा समाज कुवेत र राई ब्वोयज एफसी कुवेत टिम रहेका छन।

कुवेतको मंगाफास्थित गभर्मेन्ट फुटबल मैदानमा बिहानको ठिक ०८.०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न आयोजकले कुवेतमा रहनु भएका सम्पूर्ण खेलप्रेमी नेपालीहरुलाई यसै सूचना मार्फत चुले निमन्त्रणा दिंदै सम्पूर्ण संघ-संस्था र व्यक्ती बिशेषहरुलाई अधिकारिक निमन्त्रणा पठाई सकेको जानकारी दिएको छ।

यसैगरी आयोजकले यस टुर्नामेण्ट सफल पार्नको निम्ती कुवेतस्थित सम्पूर्ण नेपाली संघ संस्था, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्दिजिबी तथा भद्रभलाद्मीहरुसँग आर्थिक, भौतिक र नैतीक सहयोगको अपेक्षा गर्दै सबैलाई कुवेतको कानुनको पालना गर्नु हुन र खेलाडीहरुलाई अनुशासित भएर खेलको नियममा बाँधिएर खेल्न सविनम्र अनुरोध गरेको छ।

समाजले खेलकुदको क्षेत्रमा मात्र नभई कुवेतस्थित नेपाली संघ संस्थाहरुसँग सामाजिक कार्यहरुमा सहकार्य गर्दै नेपालमा प्रकृति प्रकोप परेको बेला सहयोग गर्ने र स्थापना कालदेखी नै आफ्नो क्षेत्र नुवाकोट धादिङ रसुवामा हुने सामाजिक कार्यहरुमा टेवा पुर्‍याउँदै आएको बताएको छ।

  • पुरस्कार राशी तपशिल बमोजिम रहेको छ। 
  • प्रथम पुरस्कार: ट्रफी, मेडल, प्रमाण–पत्र र ३०१ केडी
  • दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण–पत्र र २०१ केडी
  • उत्कृष्ट टिम: ट्रफी र प्रमाण–पत्र
  • उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण–पत्र
  • उत्कृष्ट गोल रक्षक: ट्रफी र प्रमाण-पत्र
  • हाईअर स्कोरर: ट्रफी र प्रमाण-पत्र
  • बेस्ट डिफेन्डर: ट्रफी र प्रमाण-पत्र
  • बेस्ट मिडफिल्डर: ट्रफी र प्रमाण-पत्र
  • सहभागी टिम: प्रमाण–पत्र
  • अम्पायर: मेडल र प्रमाण–पत्र, अन्य जानकारीको लागि समाजका कुनै पनि पदाधिकारीहरुलाई संपर्क गर्न सकिने छ।

Related Articles

7 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles