असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने चलन छ । स्वास्थ्यका लागि खिर अति नै उत्तम मानिन्छ । साउने झरीका समयमा स्वास्थ्यमा कुनै पनि समस्या नआओस् भनेर खिर खाने गरिन्छ । साउने झरीमा भिजेर काममा खटिनुपर्ने बेला दूधमा चामल र मरमसलालगायतका चिजबिज राखेर बनाइने खिर स्वास्थ्यका लागि फाइदाजनक मानिने भएकाले खिर खाने परम्परा छ ।



