कुवेत सिटी। कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैं तथा दिपवाली को अवसर पारेर आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन अतिथि कलाकारको साथमा कल्याणकारी सांगीतिक धमाका गर्ने समाजका महासचिव निरज छेत्रीले मिडिया लाई जानकारी दिएका हुन्।
समाजले यस अघि पनि चर्चित कलाकार दुर्गेश थापा,शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मालाई कुवेत ल्याएर कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाइ सांगीतिक मनोरन्जन प्रदान गरेको कल्याणकारीले यस पटक पनि नेपालबाट आमन्त्रित चर्चित कलाकारको साथमा सांगीतिक धमाका गर्न जानकारी दिएको छ। कलाकारको छनौट तथा कार्यक्रम हलाको पनि तय नभईसकेको जनाउदै चाडै कलाकार र हलको तय गरिने पनि संरक्षक निरज सिंह ठकुरीले बताए।
स्मरण रहोस, स्थापनाकाल देखि नै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको कल्याणकारी नेपाली युवा समाज कुवेतले समय समयमा विभिन्न खेलकुद प्रतियोगिताहरू गराउँदै आएको छ भने कुवेतमा रहेका हरेक संघसंस्थासँग हातेमालो र सहकार्य गर्दै आएको छ। कुवेतको नेपाली समाजमा भलिवल खेलमा समाज निकै अग्रसर छ ।



