कस्तो महँगो स्कूल फी !

एउटा निजी स्कूलले वार्षिक शुल्कका नाममा एकै पटक कति रुपैयाँसम्म असुल्छ होला?
१० हजार?
२० हजार?
३० हजार?
अहँ, तपाईँको अनुमान अलि कम भयो। शिक्षा विभागले गरेको स्थलगत अनुगमनको प्रतिवेदन अनुसार कतिपय निजी स्कूलले वार्षिक शुल्कका नाममा रु ७७ हजारसम्म एकैपटक असुल गरेको पाइएको छ। कुन कुन हुन् त त्यस्ता स्कूल?

राजधानीका चेल्सी इन्टरनेसनल, चाँदवाक, रातो बङ्गला, जेभियर्स इन्टरनेसनल, पाठशाला नेपाल, जेम्स एकेडेमी आदि।

ती स्कूलमात्र हैनन्, देशका ४० प्रतिशत संस्थागत (निजी) स्कूलले सरकारले तोकेको सीमालाई उल्लङ्घन गरी विद्यार्थीसँग चर्को रकम असुल्ने गरेको ठहर सरकारी अनुगमन प्रतिवेदन गरेको छ।

नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै निजी विद्यालयले ऐन, नियमविपरीत चर्को शुल्क लिइरहेको आवाज बढेपछि शिक्षा विभागले गरेको स्थलगत अनुगमनको प्रतिवेदनमा ऐनविपरीत शुल्क लिने गरेको पाइएको हो।

हाल देशभर करिब १० हजार निजी विद्यालय छन्। नियमअनुसार हरेक वर्ष सम्बन्धित जिल्ला शिक्षा कार्यालयले लागत अनुपातका आधारमा निजी विद्यालयको श्रेणी विभाजन गरी शुल्क निर्धारण हुँदै आएको छ।

प्रतिवेदनमा अनुमति नलिई विद्यालय सञ्चालन भएको, कतिपयमा शिक्षकलाई आधारभूत तलब पनि नदिइएको, एउटै श्रेणीका विद्यालयको मासिक शुल्कमा रु ६ हजारसम्मको अन्तर रहेको, पारदर्शीरूपमा छात्रवृत्तिको वितरण नगरिएको पाइएको उल्लेख छ।

Posted by: Raju Gurung

Related Articles

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles