कुवेतमा २६ डिसेम्बरमा भलिवलको कुम्भ मेला लाग्दै, टाईसिट १९ डिसेम्बरमा

जय आले मगर, कुवेत

“सम्बृद्ध बाग्लुङको बिकासको लागि हाम्रो साझा प्रतिबद्धता” भन्ने मुल नाराका साथ २० सेप्टेम्बर २०२४ मा आफ्नो प्रथम अधिवेशन गरेर नेपाली समाज कुवेतमा कृयाशिल रहेको संस्था बाग्लुङ सेवा समाज कुवेतले आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। 

अङ्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्दै कुवेतवासी नेपालीहरुबीच भाईचाराको शुभकामना आदान-प्रदान गर्ने र सम्पूर्ण नेपालीहरुलाई खेलको मनोरञ्जन दिलाउने तथा खेलाडीहरुलाई खेल्ने अवसर समेत प्रदान गर्ने उद्देश्य सहित यस भलिवल प्रतियोगिताको आयोजना गर्न लागिएको समाजका महासचिव गोकुल महतले जानकारी दिनु भएको छ।

फाहाहिल स्पोर्टस क्लवको सुकसवा खेल मैदानमा आयोजना गरिने भलिवल प्रतियोगिताको लागि १९ डिसेम्बर २०२५ शुक्रबार, महबुल्लाको भलिवल मैदानमा दिनको ४ बजेदेखी बेलुकी ६ बजेसम्म टिम दर्ता र टाईसिट सार्वजनिक गर्ने बताउँदै कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि समाजले आव्हान गरेको छ।

यसैगरी, टिम दर्ता शुल्क २५ केडी तोकिएको प्रतियोगितामा विजेता हुने टिमलाई पुरस्कार स्वरुप मेडल र नगद २११ केडी प्रदान गरिने छ भने उपविजेता टिमलाई मेडल र नगद १११ केडी प्रदान गरिने छ भने उत्कृष्ट छनौट हुने टिमलाइ ३१ केडी नगदीले सम्मान गरिने पनि समाजले जनाएको छ।

बाग्लुङ सेवा समाज कुवेत सामाजिक कार्यहरुमा मात्र नभई खेलकुदको क्षेत्रमा समेत अग्रसर देखिएको छ। समाजले केही महिना पहिला मगर संघ कुवेतको आयोजनामा सम्पन्न भएको शहिद लखन थापा मगर स्‍मृति गोल्ड कपको पाँचौं संस्करणमा उप-बिजेताको उपाधी हाँसिल गरेको थियो।

समाजले कुवेतको कानुनलाई ध्यानमा राख्दै निम्न अनुसार खेल सम्बन्धी नियमावलीहरु सार्वजनिक गरेको छ।

१) प्रतियोगिता नक आउट चरणमा खेलाईने छ।

२) खेल बेस्ट अफ-थ्री सेटको आधारमा २५–२५ र १५ अंकमा खेलाईने छ।

३) टिम लिस्ट (Tie-sheet) १९ डिसेम्बर २०२५ मा खोलिने छ।

४) हरेक टिममा ६ खेलाडी र ३ सब्स्टिच्युट गरि जम्मा ९ जना खेलाडी हुनु पर्नेछ।

५) खेलाडीहरूको नाम टाई सिटकै दिनमा वा सोभन्दा अगाडि आयोजक समितिलाई बुझाउनु पर्नेछ।

६) एक टिमको खेलाडी अर्को टिममा खेल्न पाइने छैन।

७) सबै खेलाडीले एउटै रङको जर्सी अनिवार्य रूपमा लगाउनु पर्नेछ।

८) जर्सीमा नम्बर स्पष्ट देखिने गरि लेखिएको हुनु पर्नेछ।

९) खेल बिहानको ठिक ९ बजेदेखी संचालन हुनेछ।

१०) टाईसिट सार्वजनिक भएपछि सोही अनुसार खेल तालिका अनुसरण गर्नु पर्नेछ।

११) आयोजकले तोकेको १५ मिनेटभित्र खेल मैदानमा उपस्थित नभए टिमलाई वाकओभर मानिने छ।

१२) रेफ्रीको निर्णय नै अन्तिमा निर्णय हुनेछ र सबै खेलाडिले अनुशासित भएर मान्नु पर्नेछ।

१३) अन्य कुनै पनि विवाद उत्पन्न भएमा Technical Committee ले समाधान गर्नेछ।

१४) खेल हुने स्थान सुकसवा खेल मैदान, फाहाहिल स्पोर्टस क्लव कुवेत

१५) नेट, लाइन–अप, स्कोरबोर्ड लगायतका सबै सामग्री आयोजकले उपलब्ध गराउने छ।

१६) खेल भावना विपरीत व्यवहार गर्ने खेलाडी वा दर्शकलाई कारबाही हुन सक्नेछ्।

१७) खेलाडी र दर्शक सबैले अनुशासन, मर्यादा र सम्मान पालना गर्नु पर्नेछ।

१८) कुनै पनि खेलाडीले मद्यपान, नशालु पदार्थ सेवन वा कुवैतको कानून विपरीत गतिविधि गरेको प्रमाणित भएमा सो टिमलाई प्रतियोगिताबाट नै Knock-out (बहिष्कार) गरिने छ।

१९) सामान्य चोट–पटकको उपचार आयोजकले उपलब्ध गराउने छ।

२०) खेलमा भवितव्य परेमा या गम्भीर चोट–पटक लागेमा उपचारको जिम्मेवारी स्वय टिमले या ब्यक्तिगत रुपमा लिनु पर्नेछ।

थप जानकारीको लागि समाजले खेल सम्योजकको जिम्मेवारी सुम्पेका होनाहार पदाधिकारी द्वय चेत कुमार छन्त्याल र दलबिर सिर्पालीलाई संपर्क गर्न सकिने छ।

Related Articles

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles