माननीय राज्य मन्त्री ज्यु ,
श्रम तथा रोजगार मन्त्रालय
सिंहदरबार,काठमाण्डौँ ।
विषय :घरेलु कामदार तालिम संचालन अनुमतीपत्र सम्बन्धी ज्ञापनपत्र ।
माननीय मन्त्री ज्यु,
१. विगत दुई वर्ष देखी घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई २१ दिने (१२० घण्टा)को तालिम दिदै आएका १७ वटा तालिम प्रदायक संस्थाहरुले तालिम संचालन अनुमतिको लागि वैदेशिक रोजगार ऐन –२०६४ र नियमावली २०६४ अनुसार “घरेलु कामदार अभिमुखीकरण तालिम कार्यविधि –२०७०” को दफा ३१ को व्यवस्था बमोजिम आवेदन गरेको, र सोही आधारमा मन्त्रालय, वोर्ड र विभागको संयुक्त पुर्वाधार निरीक्षण अनुगमन टोलीले निरीक्षण गरी अनुमतीका लागि उपयुक्त रहेको प्रतिवेदन मन्त्रालयमा पेश गरी माननीय मन्त्री ज्युले नै वैदेशिक रोजगार प्रबद्र्धन वोर्डको बैठकद्वारा समर्थन गर्ने गरी अनुमतीका लागि फाल्गुन ३० गते नै सिफारीस सदर गरी सकेको अवस्थामा तालिम संचालन अनुमतीका लागि वोर्ड वैठकले अनुमती सम्बन्धमा निर्णय नगरी भिषा आई सकेकाहरुको हकमा मात्र अध्ययन गरी प्रतिवेदन पेश गर्न श्रीमान् श्रम सचिव ज्युको संयोजकत्वमा समिति गठन गर्नुले हामी तालिम प्रदायक संस्था अझ अन्योलमा परेका छौँ ।
२. तालिम प्रदायक संस्थाहरुले अनुमतिका लागि “घरेलु कामदार अभिमुखीकरण तालिम कार्यविधि –२०७०” ले तोकेको मापदण्ड बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी सकेको अवस्थामा तालिम प्रदायक संस्थाहरुलाई बोर्डले अनिणर्यको बन्दी बनाइ गत चैत्र महिनामा तालिम पुरा गरेका ८५० जना प्रशिक्षार्थी कामदारहरुको बोर्ड सचिवालयद्धारा सिकाई मुल्याङ्कन समेत नगर्दा प्रशिक्षार्थीहरु अलपत्र परेका छन् । सबै प्रक्रिया पुरा भई सकेपछि तालिमलाई नै बन्द गर्ने मनासायबाट पे्ररीत भई बोर्डले तालिम संचालनका लागि अनुमती सम्बन्धि निणर्य नगर्नु नेपाल सरकारको वैदेशिक रोजगार नीति, वैदेशिक रोजगार ऐन, नियमावली २०६४, घरेलु कामदारलाई व्यवस्थित गर्न बनेको कार्यविधि २०६७ र घरेलु कामदार सम्बन्धि सीप विकास तालिमलाई नियमित,व्यवस्थित र प्रभावकारी बनाउन बनेको घरेलु कामदार अभिमुखीकरण तालिम कार्यविधि –२०७० को बिरुद्ध रहेको हाम्रो ठहर छ ।
३. घरेलु कामदार सिकाई मुल्याङ्कन समितिबाट भाषा र सीप सम्बन्धी सिकाई मुल्याङ्कनमा उतिर्ण प्रशिक्षार्थीहरुको नामावली वैदेशिक रोजगार विभागमा वोर्ड सचिवालयले सिफरीस नगरे सम्म अन्तिम श्रम स्वीकृतिका लागि तालिम पुरा गरेको प्रमाणपत्र जारी नहुने हुँदा भिषा आईसकेका र भिषाको म्याद समाप्त हुन लागेको कामदारहरु नक्कली प्रमाणपत्र प्रयोग गरी सेटिङ्गको माध्यमबाट श्रम स्वीकृति लिई नेपालकै विमानस्थलबाट जाने वा गैर कानुनी रुपले भारतको बाटो प्रयोग गरी जाने हुदाँ यसले निम्त्याउने समस्या र जोखिम प्रति माननीय मन्त्री ज्यु अनविज्ञ हुनुहुन्न । त्यसैले यस समस्याको समाधान गर्न तालिम प्रदायक संस्थाहरुलाई तालिम संचालनको अनुमती प्रदान गरी तत्काल सिकाई मुल्याङ्कनको निर्णय गर्न हुन अनुरोध गर्दछौँ ।
४. घरेलु कामदार तालिम प्रदायक संस्थाहरु माननीय मन्त्री ज्युलाई स्पष्ट गर्न चाहन्छौ कि नेपाल सरकारद्वारा घरेलु कामदारको रुपमा खाडी मुलुक जाने महिलाहरु सुरक्षित र सहज रुपले जाउन भन्ने उद्देश्यले “घरेलु कामदारलाई व्यवस्थित गर्ने कार्यविधि –२०६७” कार्यान्वयन ग¥यो । घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुले भाषा र काम नजान्दा भोग्नु पर्ने समस्या न्युनीकरण गर्ने , जोखिम र घरेलु हिंसाबाट बच्ने उपायहरुको बारेमा तालिम दिने उद्देस्यले २०६८ सालमा १३ वटा र २०६९ सालमा थप ४ वटा गरी जम्मा १७ वटा संस्थालाई घरेलु कामदार सम्बन्धी सीप विकास तालिम दिन वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले सुचिकरण गरेको हो र २०६८ साल चैत्रमा नेपाल सरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने कामदारहरुले अनिवार्य रुपले घरेलु काम सम्बन्धी तालिम लिएर जानु पर्ने निर्णय गरेपछि सुचिकृत १७ वटै तालिम केन्द्रहरुले वोर्डले तयार गरेको पाठयक्रम अनुसार विशुद्ध रुपले तालिम संचालन गर्दै आएकाछौँ ।
वैदेशिक रोजगारमा जानेहरु वैदेशिक रोजगार ऐन तथा नियमावली – २०६४ ले व्यवस्था गरे अनुसार संस्थागत र व्यक्तिगत स्वीकृतिमा कानुनी प्रक्रिया पुरा गरी विदेश जान्छन भन्ने विषयमा हामी तालिम केन्द्रहरुले वोर्ड अध्यक्ष माननीय मन्त्री ज्यु र वोर्ड सदस्य ज्युहरुलाई स्पष्ट गरी राख्नु पर्दैन । नेपाल सरकारले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जानेहरुलाई संस्थागत वा व्यक्तिगत जुनसुकै श्रम स्वीकृति दिएर पठाए पनि घरेलु कामदार सम्बन्धि सीप विकास तालिम दिनु आवस्यक रहेको छ । घरेलु कामदार सम्बन्धि तालिमबाट भाषा र काम सम्बन्धि सिक्ने, घरेलु हिंसाबाट बच्ने उपाय जान्ने, गर्नहुने र गर्न नहुने कामका बारेमा जानकारी लिने हुँदा समग्रमा तालिमले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने महिला कामदारहरुले भोग्नु पर्ने समस्या र जोखिमलाई न्युनीकरण गर्ने भएकोले तालिमलाई बन्द गर्नु भन्दा नियमित, व्यवस्थित र अझ प्रभावकारी बनाउन माननीय मन्त्री ज्युको ध्यानाकर्षण गराउँदछौं ।
साथै माननीय मन्त्री ज्यु, घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जाने कामदारलाई व्यवस्थित गर्ने कार्यविधि र घरेलु कामदार सीप विकास तालिम सम्बन्धी यस अघि सरकारले गरेका महत्वपुर्ण निर्णयहरु प्रति पुनःस्मरण र ध्यान केन्द्रीत गराउन चाहन्छौँ ।
१. वैदेशिक रोजगार ऐन – २०६४ को दफा ८ ले वैदेशिक रोजगारमा जान लिङ्गको आधारमा विभेद नगर्ने उल्लेख भए बमोजिम महिलाहरुलाई सुरक्षित सहज र मर्यादित ढंगबाट वैदेशिक रोजगारमा पठाउन नेपाल सरकारले घरेलु कामदारका रुपमा विदेशमा जाने नेपाली कामदारहरुलाई व्यवस्थित गर्ने कार्यविधि – २०६७ अन्तर्गत रहेर साउदी अरेबिया, संयुक्त अरव इमिरेट्स, कतार, कुवेतका लागि मिति २०६७/८/४ मा मन्त्री परिषदबाट मापदण्ड तयार गरी कार्यान्वयन गरिएको ।
२ २०६८/०६९ सालको लागि घरेलु कामदार सीप विकास तालिम संचालन गर्न वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले १३ वटा संस्थाहरु २०६८ कार्तिकमा १८ गतेको निर्णय अनुसार सूचिकृत गरेको हो । २०६९ जेष्ठ १४ गते वोर्डले २०६८/०६९ का लागि सूचिकरणका लागि आवेदन गरी छुट भएका चारवटा संस्थालाई समेत सूचिकृत गरेर जम्मा १७ वटा तालिम केन्द्रहरु संचालन भईरहेको ।
३. नेपाल सरकार मन्त्री परिषदको मिति २०६९/४/२४ बसेको वैठकले ३० वर्ष उमेर पुगेका महिलाहरुलाई मात्र साउदी अरव, संयुक्त अरव इमिरेट्स, कुवेत र कतारमा घरेलु कामदारको रुपमा पठाउने थप निर्णय भएको तर पछि साउदी पठाउन रोक लगाइएको ।
४. बैदेशिक रोजगारका लागि घरेलु कामदारको रुपमा जाने नेपालीहरुलाई भाषा तथा सीप विकास तालिम दिनका लागि बोर्ड सचिवालयबाट सुचिकृत १७ वटै संस्थाहरुको सम्बन्धमा मिति २०६९।३।३१ गते नेपाल सरकार माननीय मन्त्रिस्तरीयको नीतिगत निर्णयमा “वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयबाट सुचिकृत रहेकै संस्थाहरुलाई मिति २०६९ असोज मसान्तसम्म म्याद थप गर्ने, मन्त्रालय, बिभाग र बोर्ड सचिवालय समेतको सहभागितामा घरेलु कामदार तालिम संचालन तथा संस्था सुचिकरण कार्यविधि र तालिम दिने संस्थाहरुको मापदण्ड तयार गरी स्वीकृत गर्ने व्यवस्था मिलाउने, तालिम संचालनलाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन कार्यकारी निर्देशक वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड — संयोजक , उपसचिव श्रम तथा रोजगार मन्त्रालय — सदस्य , निर्देशक वैदेशिक रोजगार विभाग — सदस्य रहेको अनुगमन सिमिति गठन गर्ने भन्ने समेत निर्णय भएको ।
५. आ.व. २०६९/०७० का लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सिफारिसमा २०६९ असार ३१ गते मन्त्रीस्तरीय नीतिगत निर्णयबाट पहिलोपटक तीन महिनाको लागि म्याद थप र अरु दुई पटक समेत गरी तिन पटक श्रम तथा रोजगार मन्त्रालयले म्याद थप गरेर १७ वटै तालिम केन्न्द्रहरु संचालन हुँदै आएकोमा २०७० असाढ मसान्तबाट म्याद समाप्त भएको हुदा २०७० पौष मसान्तसम्म म्याद थप गर्न नेपाल सरकार माननिय मन्त्रिस्तरबाट मिति २०७०—०६—०७ मा निर्णय भएको ।
६. “घरेलु कामदार अभिमुखीकरण तालिम कार्यविधि –२०७०” २०७० माघ १ गतेबाट कार्यान्वयन भएको ।
माननीय मन्त्री ज्यु,
यसरी नेपाल सरकारले समय समयमा जारी गरेका नीति, ऐन, नियमावली तथा निणर्यहरुले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जानेहरुलाई सुरक्षित र व्यवस्थित बनाउन अनिवार्य तालिम दिईनु पर्छ भन्ने कुरालाई कानुनी रुपमै अंगीकार गरीसकेको छ । अतः घरेलु कामदार सम्बन्धि सीप विकास तालिम संचालनका लागि सम्पुर्ण प्रक्रिया पुरा गरी सकेका १७ वटा संथालाई अनुमती दिई तालिमलाई नियमित र अझ प्रभावकारी बनाउन माननीय मन्त्री ज्युलाई बिषेश आग्रह गर्दछौं ।
अन्यथा घरेलु कामदार तालिम कार्यविधि – २०७० लागु भई सकेपछि वैदेशिक रोजगार विभागले कार्यविधि अनुसारको मापदण्ड पुरा गर्न भनी पत्र मार्फत जानकारी गराए पश्चात प्रशिक्षार्थी बस्ने होस्टल लगायत तालिम समाग्रीमा लगानी बढाउनु परेकोले १७ वटा तालिम केन्द्रहरुले कार्यविधिमा व्यवस्था भए बमोजिमको पुर्वाधारमा गरेको रु.३ करोड भन्दा बढीको लगानी, तालिम अवधीभर चैत्र महिनामा ८५० जना प्रशिक्षार्थीहरुले गरेको खर्च रु. १ करोड २ लाख, तालिम प्रदायक संस्थालाई तालिम प्रदान गरे वापतको शुल्क रु.४५लाख ५हजार गरी जम्मा रु.४ करोड ४७ लाख ५ हजार भन्दा बढी रकमको क्षतिपुर्ती बोर्डले तालिम प्रदायक संस्थाहरुलाई उपलब्ध गराउनु पर्नेछ र तालिम समाप्त भएका प्रशिक्षार्थीहरुको सिकाई मुल्याङ्कन समेत नगर्ने, तालिमलाई निरन्तरता नदिने, तालिमलाई बन्द गरी पुनः गैर–कानुनी रुपले भारतको बाटो हुँदै विदेश जाने बाटो खोलिदिने र सेटिङ्गबाट जाने बातावरण सृजना हुने हुँदा यस बाट घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने अशिक्षित, गरीब तथा विपन्न महिला कामदारहरुले भोग्नु पर्ने समस्या र यसबाट उत्पन्न हुने सबैखाले जोखिमपुर्ण स्थितीको जिम्मेवारी वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले नै लिनुपर्ने कुरा माननीय मन्त्री ज्युलाई अवगत गराउदछौँ । धन्यवाद ।
ज्ञापनपत्र पेश गर्ने घरेलु कामदार तालिम प्रदायक संस्थाहरु .
१.ओरिएण्ट टेक्निकल इन्स्टिच्यूट एण्ड कन्सलटेन्सी प्रा.लि.
२.जब ओरिएण्टेड ट्रेनिङ इन्स्टिच्यूट प्रा.लि.
३.आरएम इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा.लि.
४.ली टे«ड स्कुल प्रा.लि.
५.माउण्टेन मल्टिपल ट्रेनिङ सेन्टर प्रा.लि.
६.अराउण्ड द वल्र्ड ट्रेनिङ सेन्टर प्रा.लि.
७.गोल्डेन म्यानेजमेण्ट सर्भिस प्रा.लि.
८.नेशनल इम्प्लोइमेण्ट ट्रेनिङ सेन्टर प्रा.लि.
९.साकुरा एशोसिएट्स प्रा.लि.
१०.एभिन्यूज टेनिङ एण्ड रिसर्च प्रा.लि.
११. टपहिल मल्टीपल ट्रेनिङ सेन्टर प्रा.लि.
१२.फार वेष्ट मल्टी स्किल प्रा.लि
१३.समीक्षा ओरेण्टेसन सेन्टर प्रा.लि.
१४.संगम मेनेजमेन्ट सर्भिस प्रा.लि.
१५. मेरापिक मल्टिपल प्रा.लि.
१६. ईम्प्लोईमेन्ट टे«निङ्ग एण्ड ओरेण्टेसन सेन्टर प्रा.लि.
१७. काठमाण्डु ईन्स्टीच्यूट अफ हस्पीटालिटी मेनेजमेन्ट प्रा.लि.
मिति :– २०७१ वैशाख ४ गते



