२७ फागुन, काठमाडौं । सुर्खेतको हरिहरपुर २ गाजापानीमा नेपाली सेनाको गोली लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कृष्णबहादुर बिक, हरिकला विक र देवीकला विक रहेका छन् ।बर्दिया राष्ट्रिय निकुन्जभित्र दाउरा र स्याउला काट्न गएका उनीहरुमाथि निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले आज दिउँसो गोली प्रहार गरेको थियो ।
यसैबीच विराटनगरको जनपथ चोकमा अज्ञात समूहको गोली प्रहारबाट युथफोस्र मोरङ जिल्ला संयोजक पर्शुराम बस्नेत घाइते हुनुभएको छ । उहाँको चिन्ताजनक अबस्थामा न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
Source: onlinekhabar



