कुवेतनेपाल एड्मिन –
शहिद क्या. लखन थापा मगर स्मृति अल मुजैनी रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिताको पाँचौं संस्करण २०२५ पूर्ण रुपमा तयारी अवस्थामा रहेको आयोजक नेपाल मगर संघ शाखा कुवेतले जनाएको छ।
गत १५ अगष्त २०२५ मा टिम दर्ता गराई टाईसिट सार्वजनिक गरेको गोल्ड कपको पाँचौं संस्करणमा जम्मा १० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएका छन।
भोली २२ अगष्त २०२५ शुक्रबारका दिन मंगाफको भलिवल स्टेडियममा आयोजना गरिने प्रतियोगिता टाईसिटका अनुसार; पोल (ए)बाट कल्याणकारी-ए, लुम्बिनी समाज, बाग्लुङ समाज-बी, निरेम ग्रुप र तनहुँँ समाज कुवेत रहेका छन भने पोल (बि)बाट बाग्लुङ समाज-ए, नेपाल स्टार, कल्याणकारी-बी, मगर संघ र युनिभर्सल फर्वानिया टिम रहेका छन।
कल्याणकारी र लुम्बिनीका टिमहरु गत वर्षको चौंथो संस्करणका बिजेता र उपबिजेता टिमहरु हुन। कल्याणकारी टिमले गोल्ड कपको तेश्रो र चौंथो संस्करणमा लगातार शानदार जित हाँसिल गरिसकेको छ भने यसपाली पाँचौं संस्करणमा समेत जित हाँसिल गरेको खण्डमा गोल्ड कपमा हेट्रिक गर्नेछ भने हेट्रिक गरेको उपलक्ष्यमा आयोजकले बिजेता पुरस्कारको साथमा अतिरिक्त २५१ केडीले पुरस्कृत गर्ने घोषणा गरेको छ।
कुवेतको बहु प्रतिष्ठित एकसचेन्ज कम्पनी अल मुजैनीले मुख्य प्रायोजन गरेको गोल्ड कपको पाँचौं संस्करणमा सह-प्रायोजकको भूमिकामा सोल्टी एक्सप्रेस मार्ट, डम्पा एण्ड चौतारी नेपाली रेष्टुरेन्ट, रोयल गाउँले नेपाली रेष्टुरेन्ट, एशियन चुला नेपाली रेष्टुरेन्ट, एभरेष्ट नेपाली रेष्टुरेन्ट, नमस्ते नेपाली रेष्टुरेन्ट, हातेमालो नेपाली रेष्टुरेन्ट, भेटघाट नेपाली रेष्टुरेन्ट, निरेम ग्रुप अफ कम्पनी, निरेम ट्राभल्स, काठमाण्डौ ज्वेलरी, ईभर ग्रिन कलेक्सन, ८८४८ सुफा सलाम, ईको डिजिटल र सव ग्लोवल जस्ता लोकप्रिय कम्पनी तथा नेपालीहरुको जमघट बढी रहने होटल व्यवसायीहरु रहेका छन।
आयोजकले व्यक्तिगत रुपमा समेत गोल्ड कपमा सहयोग घोषणा भएको जनाएको छ। जसमा; हालसम्म घोषणा भएका सहयोगी समाजसेवी तथा सामाजिक व्यक्तित्वहरुमा राजेन्द्र तामाङ, सुजन के.सी, बिकास सिंह ठकुरी, दिल कुमार पाख्रिन, राजु कार्की, शिव कुमार श्रेष्ठ, बिमला श्रेष्ठ, पुष्कर सिंह धामी, उद्धव अधिकारी, दामोदर बटला, धुर्व कुमार संग्रौला, सुरज मास्के, राम चन्द्र कार्की र उत्तम आले मगर रहनु भएको जनाईएको छ।
यसैगरी, संस्थागत रुपमा हालसम्म तमु समाज कुवेत, म्याग्दी प्रवासी संघ(मोना), पुर्बेली टाईगर फुटबल क्लव, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, नेपाल परोपकार समाज, बाग्लुङ सेवा समाज, लुम्बिनी समाज र चितवन सेवा समाजबाट सहयोग घोषणा भएको छ भने अन्य कुवेतमा कृयाशिल रहेका बिभिन्न जातिय, क्षेत्रिय, सामाजिक तथा परोपकारी संस्थाहरु, बुद्धिजिबी, भद्रभलाद्मी तथा सामाजिक व्यक्तित्वहरुबाट सल्लाह, सुझाव, सहयोग तथा सहकार्यको मगर संघ कुवेतले अपेक्षा गरेको बताएको छ।




https://shorturl.fm/4VoxE
https://shorturl.fm/zdZRM
https://shorturl.fm/Ow9KZ
https://shorturl.fm/c9fkh