ईन्द्र भूषाल,कुवेत
“संसारका मजदुर एक हौं” भन्ने नाराका साथ हरेक साल मे एक तारिक मनाइने मजदुर दिवस यो पटक कुवेतमा पनि भब्य साँस्कृतिक कार्यक्रमका साथ मनाउने नेपाल कुवेत मजदुर सँघले जनाएको छ । कुनै बेला संसारका मजदुरले २४ घण्टा काम गर्ने परिपाटी रहेको यो विश्वमा सर्वहारा बर्गको रक्षाको लागि लड्दै आएका मजदुर नेताहरुको त्याग र बलिदानले हामीले ८ घण्टा कामको व्यावस्था पाएका छौ भने अन्य बिविध सुबिधा पाउदै आएका छौ । कुवेतको नेपाली समाजको परिवेशमा डेन्डुप शेर्पाको अध्यक्षतामा गठित नेपाल कुवेत मजदुर सँघले मजदुर दिवसको अवसर पारेर नेपालबाट गायक बिजय लामालाई झिकाई भब्यरुपमा मजदुर दिवस सांगीतिक माहोलमा मनाउने निर्णय गरेको हो ।
यस कार्यक्रमको उद्घाटन श्रम मन्त्रीबाट हुने प्रवल सम्भावना रहेकोछ । मजदुर दिवस आयोजक समितिका सम्योजक धुर्व कुमार संग्रौला (कुमार झापाली) का अनुसार कुवेतको नेपाली परिवेश अनी आफ्नो संस्थाको आचरण अनुसार नै नि:शुल्क रुपमा यो कार्यक्रम गर्न लागिएको बताउनु भयो । कार्यक्रमको लागि स्थान र समय पछी सुचनामा प्रकाशित गरिनेछ । कुवेतनेपाल डटकम सफल कार्यक्रमको कामना गर्दै हरेक मोर्चामा सहयोग गर्ने वचन दिन चाहन्छ ।




Badhhai chha hajur harulai.
M WAITING FOR THT PROGRAM BUT WHERE IS THT PLACE