नेपाल मगर संघ शाखा कुवेतले आगामी २५ जुलाई २०२५ मा आयोजना गर्न घोषणा गरेको प्रथम शहिद क्याप्टेन लखन थापामगर गोल्ड कपको पाँचौं संस्करण विविध प्राविधिक कारणहरुवश केही समयको लागि स्थगित गरेको जानकारी गराएको छ।
मगर संघ कुवेतले प्रेस बिज्ञप्ति जारी गर्दै अन्तिम समयमा आएर गोल्ड कप स्थगित गर्नु परेकोमा दु:ख व्यक्त गर्दै जसबाट पर्न सक्ने प्रतक्ष्य या परोक्ष्य असुबिधा प्रति सम्पूर्ण खेलाडी, शुभचिन्तक तथा खेलप्रेमी दर्शक महानुभावहरु समक्ष क्षमा याचना गरेको छ।
यसै शिलशिलामा मगर संघ कुवेतका अध्यक्ष जय आले मगरलाई संपर्क गरि टुर्नामेण्ट स्थगित गरिनुको कारण सोध्दा खेल सम्पन्न गराउन सर्वप्रथम खेल मैदानको आवश्यकता पर्ने भएकोले संचालक समितिबाट खेल मैदानको लागि हालसम्म पनि निश्चित निर्णय प्राप्त नभएको र अन्य कारणहरु पनि रहेकोले केही समयको लागि स्थगित गरिएको र निकट भविष्यमा खेल आयोजना गरिने बताउनु भयो।
गत ०४ जुलाई २०२५ मा अध्यक्ष जय आले मगरको अध्यक्षतामा साल्मियास्थित एशियन चुला नेपाली रेष्टुरेन्टमा बसेको नियमित बैठकले गोल्ड कप स्थगित गर्ने निर्णय गर्दै, नियमावलीमा रहेको ह्याट्रिक गर्ने टिमको अतिरिक्त पुरस्कार १०१ केडीलाई परिमार्जित गराउँदै २५१ केडी बनाएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ।




