भाद्र २ – निजी क्षेत्रको पहिलो दुरसचार सेवा प्रदायक कम्पनी स्पाइस नेपाल (एनसेल) ले नेपालमा ब्ल्याकबेरी सेवा भित्राएको छ । एनसेलले ल्याएको यस सेटको मुल्य ४९ हजार ९ सय ९९ (भ्याट सहित) रुपैया पर्छ । शुरुमै सेटको पुरै मुल्य बुझाउनु पर्छ । कम्पनीले ‘ब्ल्याकबेरी बोल्ड ९७००’ मोडलको सेट ल्याएको हो । त्यसपछि ब्ल्याकबेरीको सेवा प्रयोग गरे बापत मासिक ‘विआईएस’ सेवा प्रयोगकर्ताले १ हजार रुपैया र ‘विईएस’ उपभोक्ताले १ हजार ५ सय रुपैया बुझाउनु पर्छ । विआईएस भनेको सर्वसाधारणले लिने सुविधा हो भने विईएस भनेको कर्पोरेट उपभोक्ताले लिने सेवा हो
पोष्टपेडको सिम सहित किन्न पाउने ब्ल्याकबेरी प्रयोगकर्ताले मासिक शुल्क बाहेक फोन गरेर अनुसार थप शुल्क बुझाउनु पर्छ । स्मार्ट फोन अन्र्तगत पर्ने ब्ल्याकबेरीमा डाटा सजिलैसंग आदान प्रदान गर्न सकिने, पुस मेल, याहु म्यासेन्जर, गुगल, फेसबुक लगायतका एप्लिकेशन छन् ।
यो सेट अव नेपालका बनेपा, पुल्चोक, पोखरा, विराटनगरबाट शुरुमा ब्ल्याकबेरी सेट उपलब्ध हुने एनसेलको प्रमुख कार्यकारी अधिकृत पासी कोईस्तीनेनले बताए । ‘हामीले मध्य तथा उच्च बर्गमा ग्राहकलाई लक्षित गरेर यो सेवा भित्राएका हौ,’ उनले भने ।
Posted by: Raju Gurung Source: Kantipur



