खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो सांगीतिक धमाका आयोजना हुँदै

जय आले, कुवेत

कुवेतमा लामो समयदेखी कृयाशील संस्था खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो १४औँ वार्षिक उत्सवको अवसरमा नेपालबाट चर्चित कलाकार ल्याई दोस्रो सांगीतिक धमाका आयोजना गर्ने घोषणा गरेको छ।

मञ्चले यसअघि पहिलो सांगीतिक धमाका सन् २०१४ अक्टोबरमा सम्पन्न गरेको थियो। आगामी २४ अप्रिल २०२६ शुक्रबारका दिन, दोस्रो सांगीतिक धमाका आयोजना हुने जनाउँदै उक्त दिन कुनै पनि नेपाली संघ संस्थाहरूले कार्यक्रम नजुधाइदिन मञ्चले अनुरोध गरेको छ। साथै, सबैको उपस्थिति, साथ, सहयोग र सहकार्यको अपेक्षा समेत गरेको छ।

गत ०६ फेब्रुअरी २०२६ का दिन एशियन चुला नेपाली रेस्टुरेन्टमा अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न मञ्चको २१औँ मासिक बैठकले दोस्रो सांगीतिक धमाका आयोजना गर्ने निर्णय गरेको हो।

कार्यक्रम स्थल र अतिथि कलाकार बारे विवरण छिट्टै सार्वजनिक गरिने मञ्चले जनाएको छ।

Related Articles

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles