नेपालका चर्चित र्यापर भिटेन कुवेत आउँदै

जय आले, कुवेत

नेपालका लोकप्रिय र्याप स्टार समिर घिसिङ ‘भिटेन’ कुवेत आउने भएका छन्। नेपाल कुवेत सरोकार समाजको आयोजनामा सम्पन्न हुन गईरहेको छैठौं वार्षिक सांगीतिक धमाका कार्यक्रमका लागि भिटेनलाई अतिथि कलाकारका रूपमा आमन्त्रण गरिएको हो।

युवा पुस्ताको मनोभावना, समाजको यथार्थता र समयको आवाज बोल्ने भिटेनका र्याप गीतहरू नेपाली युवामाझ अत्यन्तै लोकप्रिय छन्। उनका सिर्जनाहरूले युवालाई सकारात्मक सोच र सामाजिक सचेतनातर्फ प्रेरित गर्दै आएको छ।

‘समाज र देश निर्माणका लागि युवा एकता’ भन्ने मूल उद्देश्यका साथ कुवेतको नेपाली समुदायमा सक्रिय रूपमा क्रियाशील संस्था नेपाल कुवेत सरोकार समाजले यो बृहद सांगीतिक कार्यक्रम आगामी २० मार्च २०२६ शुक्रबार, कुवेतको जिलिवस्थित अस्पायर इन्डियन स्कुलमा आयोजना गर्न लागेको जनाउँदै उक्त दिन कुनै पनि नेपाली संघ-संस्थालाई अन्य कार्यक्रम आयोजना नगरि दिन अनुरोध गरेको छ।

आयोजकका अनुसार अत्यन्तै चर्चाको शिखरमा पुगेका र्यापर भिटेनको उपस्थितिले कार्यक्रमको सांगीतिक माहोल थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बन्नेछ। साथै, भिटेनसँगै कुवेतमा रहेका स्थानीय नेपाली कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहने जानकारी दिइएको छ।

यसैबीच, यस बृहद सांगीतिक कार्यक्रमको व्यवस्थापनको पूर्ण जिम्मेवारी निरेम इभेन्ट म्यानेजमेन्ट टिमलाई सुम्पदैं दुई पक्षबीच सम्झौता भएको पनि आयोजकले जनाएको छ।

Related Articles

15 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles