कुवेतमा किरातीहरुको संयुक्त कार्यक्रम राजधानी प्यालेस होटलमा हुने

जय आले मगर, १० मार्च २०२६

कुवेतमा आगामी ०८ मे २०२६ मा संयुक्त तीन किराती समुदायको साँस्कृतिक पर्वहरु “साकेला उभौली, यक्वा तङ्नाम र सालिवा श्यादार पिदार” कार्यक्रम खैतानस्थित राजधानी प्यालेस होटलमा आयोजना गरिने भएको छ।

नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा कुवेतमा रहेका स्थानीय कलाकारहरूको मौलिक तथा साँस्कृतिक झाँकी प्रस्तुतिहरु कार्यक्रमका मुख्य आकर्षण रहने छन।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण किरातीहरूको साझा अभियान” भन्ने मूल नाराका साथ सबै किरातीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले विगत ९ वर्षदेखि कुवेतमा क्रियाशील तीन किराती संस्थाहरू; किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्त रूपमा किराती चाडपर्वहरू मनाउँदै आईएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार साकेला उभौली, यक्वा तङ्नाम र सालिवा श्यादार पिदारको अवसरमा आयोजना गरिने यस कार्यक्रमले किराती समुदायको कला, संस्कृति र परम्परालाई उजागर गर्नुका साथै आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने विश्वास लिईएको छ। साथै कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई किराती पर्वहरू मनाउन र उक्त दिन अन्य कार्यक्रमहरु आयोजना नगरि दिन आयोजकले आग्रह गरेको छ।

कार्यक्रमको विवरण:
मिति: ०८ मे २०२६, शुक्रबार
समय: बिहान १० बजे (उप्रान्त)
स्थान: राजधानी प्यालेस होटल खैतान, कुवेत

Related Articles

10 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles