खोटाङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन २५ सेप्टेम्बर २०२६ मा

जय आले, कुवेत 

कुवेतमा लामो समयदेखी सकृय रुपमा कृयाशील संस्था खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव आगामी २५ सेप्टेम्बर २०२६ मा नेपालका चर्चित अतिथि कलाकारको साथ मनाउने निर्णय गरेको छ।

“भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो एक्यबद्धता” भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको यस संस्थाले यसअघि पनि पहिलो सांगीतिक धमाका अक्टोबर २०१४ मा नेपालका चर्चित कलाकारहरूको साथमा सम्पन्न गरेको थियो।

कुवेतको साल्मियास्थित एसियन चुला नेपाली रेस्टुरेन्टमा अध्यक्ष विष्णु प्रसाद भट्टराईको अध्यक्षतामा १७ जुलाई २०२६ मा बसेको संस्थाको २६औं मासिक बैठकले सर्वसम्मत यस कार्यक्रमको आयोजना गर्ने निर्णय गर्दै उक्त दिन कुवेतस्थित कुनै पनि नेपाली संघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना नगरि दिनु हुन सार्वजनिक अनुरोध गरेको छ।

कार्यक्रमको विवरण:-
मिति: २५ सेप्टेम्बर २०२६, शुक्रबार
समय: बिहानको १०.०० बजे (उप्रान्त)
स्थान: राजधानी प्यालेस होटल खैतान, कुवेत 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles