काठमाडौं । काम चलाउ प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राखेका तीन प्रस्ताव नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले लत्याइदिएको खबर छ । प्राप्त जानकारी अनुसार माओवादी अध्यक्ष प्रचण्डले शनिबार बसेको पोलिट्ब्यूरोको बैठकमा आफूले कोइरालालाई तीन प्रस्ताव गरेको र तीनवटै प्रस्ताव कोइरालाले अस्वीकार गरेको बैठकमा जानकारी गराएको बताइएको छ । उनले जटिल परिस्थितिको निकासका लागि राष्ट्रपतिको कदमलाई असंवैधानिक भनी कांग्रेस र माओबादी मिलेर फिर्ता लिन लगाउने तथा राष्ट्रपतिलाई राजीनामा गर्न लगाउने र एमाले र काँग्रेस मिलेर सरकार बनाउने र माओवादी प्रतिपक्षमा बस्ने प्रस्ताव लिएर प्रचण्ड कोइराला समक्ष पुगेको बताइएको छ । स्रोतका अनुसार प्रचण्डले कोइरालालाई गोप्यमा भेटेर राष्ट्रपतिको प्रलोभन समेत देखाएको जनाइएको छ ।



