क्याम्पस प्रमुख र शिक्षाध्यक्षबीचको वार्ता सकारात्मक

काठमाडौं,  शिक्षण शुल्क वृद्धिबारे एकरुपता कायम नभएको भन्दै संयुक्त राजीनामा दिएका उपत्यकाका दस क्याम्पसका प्रमुखले बुधबार त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सूर्यलाल अमात्यसँग छलफल गरेका छन्। उपत्यकाका क्याम्पस प्रमुख र शिक्षुध्यक्षबीच भएको छलफलमा शिक्षाध्यक्ष अमात्यले अन्तिम निर्णय आफूले नगर्ने भन्दै उपकुलपति रजिष्ट्रार र आफू एक ठाउँमा बसी छलफल गर्ने बतँएका छन्।

मानविकी क्याम्पसका प्रमुख गोपालचन्द्र पोखरेलले बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै आफूहरुले त्रिवि शिक्षाध्यक्षसँग गरेको छलफल सकारात्मक देखिएको बताउनुभयो।
हामीहरुको मागमा शिक्षाध्यक्ष सकारात्मक देखिनुभयो। अब क्याम्पसमा पढाउने वातावरण मिल्नेछ र शुल्कमा पनि उपत्यकाका त्रिवि आंगिक क्याम्पसमा पुरानै शुल्क कायम हुने आशा रहेको छ। -मानविकी क्याम्पस प्रमुख पोखरेलले बताउनुभयो।

विश्वविद्यालयमा जागिरे भएकाले काम गर्ने वातावरण मिलाउनुपर्ने कानुनविद् र पत्रकारहरुमाझ आफ्ना मागको सुनिश्चितता त्रिविले गर्नुपर्ने कुरा शिक्षाध्यक्षसँग राख्यौं’ मानविकी क्याम्पस प्रमुख पोखरेलले भन्नुभयो- त्यसमा उहाँ सकारात्मक देखिनुभयो। फेरि आज बिहीबार त्रिविमै त्रिवि पदाधिकारी र क्याम्पस प्रमुखबीच १ बजे बैठक बस्ने निर्णय भएको पोखरेलले प्रस्ट पार्नुभयो।

मंगलबार मानविकी महेन्द्ररत्न क्याम्पस नेपाल कमस्रलगायत १० क्याम्पसका क्याम्पस प्रमुखहरुले स्नातक र स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीहरुले पुरानो शुल्कमा भर्ना गर्नुपर्ने भनी आन्दोलनमा उत्रेपछि शुल्कमा एकरुपता कायम नगरेको बताउँदै संयुक्त राजीनामा दिएका थिए।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles